काठमाडौं,चैत २६ – कालोबजारी गरेको आरोपमा मंगलबार नक्सालबाट पक्राउ परेका शंकर ग्रुपका मालिक सुलभ अग्रवाल ७ दिन थुनामा रहने भएका छन् । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले अग्रवाललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्नको लागि अनुमति दिएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंले अग्रवाललाई ५ हजार पर्ने थर्मलगनलाई १५ हजार रुपैयाँमा बेचेको आरोपमा पक्राउ गरेको थियो । प्रहरीले अनुसन्धानका लागि म्याद थपको अनुमति माग्दै बुधबार अदालतमा पेश गरेको थियो ।
नेपाल प्रहरीले ग्राहक बनेर उनलाई मंगलबार रंगेहात पक्राउ गरेको हो ।
FACEBOOK COMMENTS