यस घटनाले देशको परिस्थिती र मारवाडी समुदायको राजनीति समेत प्रस्टाएको छ
काठमाडौं-मारवाडी समुदायका सुलभ अग्रवाल कूटनीतिक नम्बरको गाडीमै थर्मल गनको कालोबजारी गरिरहेको अवस्थामा मंगलबार महानगरीय अपराध महाशाखाको विशेष टोलीको फन्दामा परे । उनले किर्गिस्तानका अवैतनिक वाणिज्यदूत जस्तो गरिमामाय मानार्थ पदको दुरुपयोग गर्दै कूटनीतिक नम्बर प्लेटको २०९–एचसीसी–१ नम्बरको गाडीमा थर्मल प्लान्ट प्रतिगोटा १५ हजारका दरले १० लाख रूपैयाँमा बेच्न आएका थिए । त्यसैबेला प्रहरीले उनका साथबाट ६७ थान थर्मल गन कुटनीतिक नम्बर प्लेटको गाडी, सवारी पास र कुटनीतिक नियोगको परिचय पत्र समेत बरामद गरेको छ ।
को हुन सुलभ अग्रवाल ?
सुलभ अग्रवाल शंकर ग्रुपका उपाध्यक् षहुन । शंकर ग्रुपमा अध्यक्ष शंकरलाल अग्रवाल, उपाध्यक्षमा सुलभ अग्रवाल, प्रवन्ध निर्देशकमा साहिल अग्रवाल, निर्देशकहरुमा ललिता अग्रवाल, सुवी अग्रवाल र दिपा अग्रवाल रहेका छन् । पछिल्लो समय एकाएक उकासिएका व्यवसायीमा यिनीहरुलाई लिने गरिन्छ । त्यस्तै सरकार देखि उद्योग वाणिज्य संघसम्म सोझै प्रभाव राख्ने र प्रतिवन्धीत भारतीय नोट कारोवारीको समेत आशंका गरिएको नेपाल उद्योग वाणिज्य महसंघका साहिल अग्रवालका दाई समेत हुन् सुलभ अग्रवाल । शंकर ग्रुपले जगदम्बा स्टिल, जगदम्बा सिमेन्ट, जगदम्बा मिल्स, रिद्धिसिद्धि मिनिरल वाटर, युनियन लाइफ इन्स्योरेन्स, जगदम्बा मोटर्स, जगदम्बा वायर लगायत दुई दर्जन भन्दा बढि समाग्री ब्यवसाय गर्दै आएको छ । यति धेरै ब्यवसाय र अर्बौको कारोवारी अग्रवाल किन आफै र्थमल गन बेच्न हिडे त भन्ने रहस्यले यसैमा रहेको स्रोतको दाबी छ ।
के हो भित्रि कुरा ?
यो घटनाक्रमबाट के प्रस्ट भएको छ भने अप्रिल २ तारिखबाट विनोद चौधरी, बसन्त चौधरी लगायत ब्यावसायीहरुले नेपाल बायुसेवा निगमको प्लेन चार्टर गरेर ग्वान्जाउबाट ल्याएको समान मिडियामा थोरै मात्र आयो भन्ने हल्ला पिटेर सामान जति लुकाएर गोदाममा राखेको बुझिन्छ । त्यसरी लुकाएर राखिएका सामान आफ्ना नातेदारहरु मार्फत महंगोमा बेच्ने र बजार र सरकारमा एक किसिमको आतंक मच्चाई राख्ने रणनिती बुनेको अवस्था बोध हुन्छ ।
यो घटनामा ६७ थान थर्मल गन मात्र भन्ने देखिएपनि यस भित्र लामै राजनीति तानावाना र ठुलो चलखेलमा सो समुह प्रत्यक्ष सामेल रहेको देखिएको छ । यस घटनाले देशको परिस्थिती र मारवाडी समुदायको राजनीति समेत प्रस्टाएको छ ।
किन विच्किए त चौधरी ?
पुर्व संचार मन्त्री गोकुल वास्कोटाले टेलिकम सम्वन्धी ठेक्का र लाईसेन्स दिन नमाने पछि चौधरी समूह यो सरकारसँग विच्केको थियो । त्यस पछि विनोद चौधरी र पुर्व संचार मन्त्री गोकुल बाँस्कोटाको कोल्ड वार नै शुरु भयो । यसको बदला लिन यो समुह मात्र हैन समुदाय नै सरकारलाई जसरी हुन्छ असफल बनाउन तिर लागिरहेको ब्यवसायीहरुले दाबी गरेका छन्। नेपालीमा यौटा उखान छ ’सत्य धेरै दिन लुक्दैन’ यसैको टर्निङ् प्वाइट बनिदियो सुलभ अग्रवाल माथि घटेको पछील्लो घटना ।
यो समुदाय कहिले सरकारलाई सघाइ रहेको संस्थानहरु नै सिध्याउन लाग्छन् त कहिले सरकारनै सिध्याउने खेलमा लाग्छन् । उनीहरुको राजनीति गर्ने तरिका पनि अचम्मकै छ । नेपाली भासामा यसलाइ काँग शैलीको राजनीति भनिन्छ । प्रधानमन्त्रीका प्रेस सल्लाकारले हतारोमा आईएमई ग्रुपमाथि शंका गरे । यसबाट सरकारको सहयोगी संस्थालाई कसरी नराम्रो हवलादिन सफल हुन्छ भन्ने पनि यो घटनाले प्रस्ट पारेको छ ।
चौधरी ग्रुप राजाका बेला देखिनै नेपालमा हावी रहदै आएको छ । तर एमाले र माओवादीको एकिकरण पछी स्थान नपाए पछी यो ग्रुपको छटपटी बढेको प्रस्ट रुपमा देखिएको थियो । अलि छुचो स्वभावका बाँस्कोटाले चौधरी समुहको टेलिकम लाईसन नविकरण नगर्ने भने पछि यो समुह सरकार ढाल्ने देखि नेकपा भित्र विभाजन ल्याउनसम्म सकृय छ ।
स्वास्थ्य सामाग्रीको मुल्यमा बसन्त चौधरीले घरी घरी मीडियामा विल पेस गर्नुले पनि यो विषयलाई छर्लङ पारेको छ ।
युवराज शर्मासँग गरिएको टेलिफोन कुराकानी
स्वास्थ्य मन्त्रालयले कोरोना सम्वन्धी स्वास्थ्य सामाग्री ल्याउन टेन्डर निकालेको अवधिमा कुनै सप्लायर तयार देखिएनन् । यसको मतलब के थियो भने नेपाल सरकारले स्वास्थ्य सामाग्री ल्याउन सकेन भन्ने र असफलताको दोष स्वास्थमन्त्री र अर्थ मन्त्रीलाई लगाउने चालमा केहि ब्यवसायी देखिए पछि हामीले आफना वाहिर रहेका साथीभाईलाई गुहारेर समान ल्याउन मद्धत गरेका हौ । समानको मुल्य कुनै सस्तो कुनै महंगोबाट समेत यो कुरा प्रस्ट हुन्छ । अहिले यो विषयलाई जस्तो ढगंले उचाले पनि सत्य विस्तारै बाहिर आइनै हाल्छ । विषेशत हामी शिक्षा क्षेत्रमा काम गर्ने मानिस भएकाले विद्यार्थीलाई पनि सेवा भाव सिकाउँछौ र हामी पनि त्यसैको अनुसरण गर्छौं । सत्य न हिजो लुकेको थियो न भोलिनै लुक्ने छ ।’ उनले भनेका छन् ।
उपसंहार
कसैले पनि रोईलो गर्न आवश्यक छैन । जनतालाई जति गुमराहमा राख्न खोजे पनि अब सम्भव छैन । किनकी जनताले तथ्य सत्य बुझिसकेका छन् । अब त बन्द गर यस्तो नौटंकी । कति लोक हसाउछौ । देश र जनताको स्वार्थलाई केन्द्रमा राख्नुको साटो आ-आफनै फाईदाका लागि कति दगुर्छौ । अब त अति भयो ।
FACEBOOK COMMENTS