काठमाडौँ,कार्तिक ८ – नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले आजबाट स्टल एक्टिभेसन सुरु गरेको छ ।
यो एक्टिभेसन कार्यक्रम सिभिल महलमा कार्तिक ८ गते शुक्रबार र लविम महलमा कर्तिक ९ गने शनिबार १० बजे देखि ५ बजे सम्म हुन गईरहेका छ ।
यस एक्टिभेसनको मुल उदेश्य ग्राहकहरुसँग अन्तक्रिया बढाउन र सेलपे एप्पको बारे यसको प्रयोग र फाइदाहरुको बिस्तारमा जानकारी उपलव्ध गराउने रहेका छ ।
एक्टिभेसनको समयमा सेलपेले स्पोट केवाईसी प्रमाणिकरण सेवा प्रदान गर्नुका साथै पहिलो बैंक खाता लिंक भए पश्चात रु.१०० को फ्रि टपअप आफ्नो ग्राहकहरुलाई प्रदान गर्नेछ ।
सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेका अन्य विशेषताहरु यस प्रकार रहेको छ
– बिना वालेट कारोबार गर्न सकिने
– वास्तविक समयमा भुक्तानी २४सै घण्टा उपलव्ध
– चलाउनका लागि सरल र सहज
– सुरक्षित
– न्युन सेवा शुल्क
– कारोबार गरे वापत लोयाल्टी पोइन्टस
सेलपे द्धारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, पी२पी, पी२बी, बी२पी, बी२बी आदि वास्तविक समयमा गर्न सकिन्छ ।
यस सेवा मार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासंग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन् । सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ ।
सेलपे एप्प डाउनलोड गरी आजै आफ्नो बैंक खाता लिंक गरेर र आफ्नो वालेट र कार्डहरु बोक्नबाट मुक्त हुन सकिन्छ ।
FACEBOOK COMMENTS