पर्यटन बोर्डमा भ्रष्टचार
काठमाडौं- देशको पर्यटन विकासको लागि भनेर सरकारले गठन गरेको नेपाल पर्यटन बोर्डमा चरम भ्रष्टाचार हुदै आएको तथ्य फेला परेको छ । बोर्ड भित्र पर्यटन प्रवद्र्धनको नाममा हुदैं आएका क्रियाकलापहरु यस अघि देखी नै विवादको घेरामा पर्दै आएका थिए। यद्यपी पछिल्लो समयमा बोर्ड भित्र हुदैँ आएका अनियमितताका घटना सतहमा आउन थालेका छन् ।
यस बीचमा बोर्डका उच्च अधिकारीले पर्यटन प्रवद्र्धनका नाममा मच्चाउदै आएको लुटको धन्दाको पर्दाफास भएको छ । पर्यटन बोर्डमा सार्वजनिक खरिद ऐन र बोर्डको खरिद नियमावली विपरित अनियमित तवरले काम गरेकोे तथ्य उजागर भएको हो ।
२०७६ पौष २० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बोर्डमा छापा मारेर माइकल कोबोल्डसँगको मिलोमतोमा बोर्डको दुई करोड रुपैंया हिनामिना भएकोे विषय सम्वन्धी फाईल कब्जामा लिए पश्चात पर्यटन बोर्ड भित्र खैलाबैला मच्चिएको छ । अख्तियारले फाईल कब्जामा लिएपछि पर्यटन बोर्डका पूर्व सिईओ दिपक राज जोशी र जोशीका किचन क्याविनेटको निद्रा गायव भएको छ ।
बोर्डको बहालवाला कर्मचारी हुदाँहुदैं माइकल कोबोल्ड तर्फबाट साक्षीको हैसियतमा हाल बोर्डमा प्रवन्धक तहमा कार्यरत श्रद्धा श्रेष्ठले हस्ताक्षर गरेको, बोर्डले दिएको रकम फिर्ता हुने प्रवधान समेत नराखेको, कानून बमोजिम चाहिने संस्थाको दर्ता, करदर्ताको प्रमाण आदि समेत नरहेको तथ्य फेला परेपछि कोबोल्डसँगको मिलोमतोमा बोर्डको रकम अपचलन हुनसक्ने आशंका पैदा भएको श्रोत बताउँदछ । कोबोल्डको हर्कतको विषयमा विभिन्न छापाहरुमा समाचार आउँदा पनि कानून सम्मत कारबाहीको प्रकृया थाल्नुको सट्टा बोर्डका कर्मचारीहरुलाई सुचना बाहिर नचुहाउन निर्देशन दिईएको बोर्ड स्रोतको दावी छ । कोबोल्डलाई भुक्तानी दिएपछि अमेरीकामा भएको पर्यटन प्रर्वधनको कार्यक्रममा जोशीले आफ्ना विश्वास पात्रलाई पठाई कमीशनको रकम ल्याएको हुन सक्ने शंका श्रोतको रहेको छ ।
बोर्डमा अख्तियारको छापा पछि यस विषयमा थप जानकारी लिने क्रममा जोशीले यसको अतिरिक्त ट्रिप एडभाईजर, विविसी लगायतका अन्य कार्यक्रमलाई समेत नियम विपरित बोर्डबाट भुक्तानी गरेको कुरा महालेखा परीक्षकको कार्यालयको २०७३।७४ को लेखापरीक्षण प्रतिवेदनबाट खुल्न आएको छ । २०७३।७४ को लेखापरीक्षणबाट व्यक्तिगत असुल उपर गर्नूपर्ने कैफियत आएपछि जोशीले आफ्नो बाँकी कार्यकालमा भएको अनियमितता लेखा परीक्षणमा देखिई आफ्नो ढाकछोप उदांगो हुनसक्ने भएकोले लेखा परीक्षणको लागि बारम्वार ताकेता गर्दा र आम सञ्चार माध्यममा महालेखा परीक्षकबाट बोर्डको नामै उद्धरण गर्दै लेखा परीक्षण नगराएकोमा कारवाहि गर्न सरकार समक्ष सिफारिस गरेको भन्ने विषय खुल्दा समेत बोर्डले लेखा परीक्षण गराएको छैन् ।
जोशी महात्म्य
गत २०७६ पौष ७ गतेबाट बोर्डको सेवाबाट अवकाश पाएका जोशी अहिले पनि बोर्डको सिइओका कार्यकक्षमा दिनभरी बस्ने, बोर्डका निर्देशक लागायतका कर्मचारीहरुलाई बोलाएर आदेश दिने र आफू अवकाश हुनुअघिको मिति राखेर निर्णय गर्ने जस्ता कार्यमा तल्लीन रहेको जानकारी नाम नखुलाउने शर्र्तमा बोर्डका एक कर्मचारीले हाम्रो स्रोतलाई दिएका छन् ।
पर्यटन मन्त्रीले आफूलाई पुनः प्रमुख कार्यकारी अधिकृतमा नियुक्ती गर्ने वचन दिएको भन्दै बोर्डका कर्मचारीहरुमा आफ्नोे त्राश कायम गर्न सफल भएका जोशी अवकाश पछि पनि बोर्डको प्रमुख कार्यकारी अधिकृतको हैशियतमा विभिन्न कार्यक्रमा सहागी हुदैं आफ्नो विकल्पमा अरु कोहिपनि नभएको वताउँदै हाल चलिरहेको कार्यकारी प्र्रमुख छनोट प्रकृयालाई नै प्रभावितत पारिरहेका छन्,, जसको ज्वलन्त उदाहरण सन् २०२० जनवरी ८ देखि १० तारीख सम्म नयाँदिल्लीमा संचालन भएको साट्टेनामको पर्यटन मेलामा बोर्डको सिइओको हैसियतमा कार्यक्रममा सहभागी भएको फोटो जोशी स्वयम्ले आफ्नोे फेसबुकमा पोष्ट गरेको फोटोबाट पनि खुल्नआउँछ ।
यस विषयमा बोर्डको प्रमुखको प्रतिस्पर्धीहरुले छनौट पकृया निष्पक्ष हुनेमा गहिरो आशंका जनाएका छन् । बोर्डका पूर्व सिइओ दिपकराज जोशीले छनौट प्रकृयालाई नै असर गर्ने गरी यस्तो गतिविधि गर्दा समेत पर्यटन मन्त्रालय तथा बोर्डको कार्यकारी समितिबाट उचित कानूनी हस्तक्षेप नगर्नुले जोशीले आफ्नो पुनरनियुक्तिमा अनुचित प्रभाव त पारेका छैनन् भन्ने आशंका उत्पन्न भएकोछ । कुनै पनि प्रकारको अनुचित प्रभााव पार्ने प्रतिस्पर्धीलाई खेलकुद प्रतियोगीताहरु र परीक्षाबाट पनि वाहिर राख्ने प्रावधान र प्रयोगको स्मरण गर्दै बोर्डको प्रमुख छनौटलाई अनुचित प्रभाव पार्ने उम्मेदवारलााई पनि कानून बमोजिम कारवाहि गर्नु पर्ने र प्रतिष्पर्धाबाट वाहिर राख्नुपर्ने विचार कानूनका जानकारहरुको रहेको छ ।
बोर्डको प्रमुखको हैशियतमा बोर्डमा हाल निमित्त कार्यकारी प्रमुखको जिम्मेवारीमा रहेकी नन्दिनी थापा आफू सहभागी नहुनु र जोशीलाई निर्वाध सहभागी हुन दिनुलाई अर्थपूर्ण रुपमा हेर्नु पर्ने बोर्ड श्रोत बताउँछ । दिपकराज जोशी २०७२ सालमा नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए । उनको बहाली पश्चात बोर्डमा प्रचार प्रसार र वृत्तचित्र निर्माणका नाममा र मिडिया, सभा, गोष्ठी, सम्मेलन, बार्षिकोत्सव, खेल कार्यक्रम, सम्मान कार्यक्रम आदीमा भिजिट नेपालको लोगो राखेका भरमा सहयोगका नाममा आर्थिक अपचलन हुदैं आएको छ । बोर्डले दामासाही हिसाबले चिनजान र पहुँचका आधारमा रकम बाड्ने, खाजा बाड्ने, हल उपलब्ध गराउने देखी रकम भुक्तानी दिनेसम्मका काम गर्दै आएको भेटिन्छ ।
FACEBOOK COMMENTS