![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं – ढल्केबर मुज्जफपुर अन्तरदेशिय प्रसारणलाइन क्षमता विस्तारका लागि सुध्रिढीकरणको काम गर्न सोमबारदेखि बिहीबारसम्म १२० मेगावाट बिजुली आयात बन्द हुने भएको छ ।
अन्तरदेशिय प्रसारणलाइनलाई २२० केभी क्षमता बनाउन भारततर्फ केही प्रविधिक काम गर्नुपर्ने भएपछि १२० मेगावाट बिजुली आयात बन्द हुने भएको हो ।
१२० मेगावाट बिजुली आयात बन्द भएपनि आन्तरिक व्यवस्थापनबाट बिजुलीको माग व्यवस्थापन गर्ने तयारी प्रधिकरणले गरेको छ । । वर्षादका कारण उत्पादन बढेकाले व्यवस्थापन गर्न समस्या नहुने बताएको छ ।
सो प्रसारणलाइन २२० केभीमा स्तरोन्नोतीपछि ३०० मेगावाटसम्म बिजुली आदनप्रदान गर्न सकिने छ । धनुषाका ढल्केबरमा रहेको सवस्टेशनलाई २२० केभीमा स्तरोन्नोती भइसकेको छ । लोडसेडिङ हटाउन भारतबाट ५०० मेगावाटसम्म बिजुली आयात भइरहेको छ ।
FACEBOOK COMMENTS