काठमाडौं,भदौ २३ । सुन्दर यातायात प्रालिले काठमाडौं उपत्यकामा सोमबार देखि विद्युतीय बस सञ्चालनमा ल्याएको छ ।
वायु प्रदुषण र बढ्दो शहरीकरण, अत्याधिक सडक जाम र सवारी साधनजन्य प्रदूषणलाई न्यून गर्न सुन्दर यातयातले विद्युतीय बस सञ्चालनमा ल्याएको हो ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सो बसको उद्घाटन गरे ।सुन्दरले पहिलो चरणमा ४० सिट क्षमतासम्मका ७ वटा बसमार्फत यात्रुलाई सेवा दिने भएको छ । यस लगत्तै चिनबाट १८ वटा बस नेपाल भित्र्याउने जनाएको छ ।
उक्त बस सञ्चालनका लागि कम्पनीले रिंगरोडको रुट पाएको कम्पनीका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए ।
काठमाडौं बाहिर पनि विद्युतीय बस सञ्चालन गर्ने योजना सुन्दरको छ । सुन्दरले यस परियोजनाको लागि १५ करोड रुपैयाँ विनियोजन गरिसकेको छ । पछि बस थपेर सेवा विस्तार गर्ने कम्पनीले बताएको छ ।
यो वर्ष्भित्रै २५ वटा बस काठमाडौंमा चलाउनका लागि ल्याइने अध्यक्ष थापाले बताए । बसको लागि सुन्दर यातायातले सुकेधारमा रहेको आफ्नो ग्यारेजमा चार्जिङ स्टेशन समेत जडान गरि सकेको छ ।
सरकारले हाल विद्युतीय सवारीसाधनको लागि कुनै भाडादर निर्धारण गरेको छैन । सरकारले भाडादर निर्धारण नगरे पनि सामान्य सवारीहरुको भाडादरकै आधारमा सुरुवाती भाडादर सुन्दरले कायम गरेको छ । तर सो भाडामा आन्तरिक रुपमा २० प्रतिशत छुट दिने व्यवस्था मिलाएको यातायातले जानकारी दिएको छ ।
FACEBOOK COMMENTS