काठमाडौं– सोल्टी होटलले गत आर्थिक वर्षको नाफाबाट २६.३१ प्रतिशत लाभांस घोषणा गरेको छ।
सञ्चालक समितिले गतवर्षको नाफाबाट १६.३१ प्रतिशत नगद लाभांस प्रस्ताव गर्नुका साथै चुक्ता पूँजी वृद्धि गर्ने १० कित्ता शेयर बराबर एक कित्ताको अनुपातमा बोनस शेयर प्रदान गर्ने विशेष प्रस्ताव गरेको हो।
साधारणसभामा गत आर्थिक वर्ष २०७४र७५ को लेखापरीक्षण प्रस्तुत गर्नुका साथै आवश्यक छलफल गर्ने होटलले जनाएको छ।
सञ्चालक समितिले पुस २६ गते ४४ औं बार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ।