![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौँ– निजी हवाई सेवा प्रदायक सौर्य एयरलाइन्स ६१ करोड रुपैयाँमा बिक्री भएको छ ।
व्यवसायी श्याम अधिकारी, श्यामकृष्ण महर्जन र रामप्रसाद पन्थीको नयाँ व्यवस्थापकीय टिमले सौर्य एयरलाइन्स खरिद गरेको हो ।
अबको केही दिनमै नयाँ व्यवस्थापकीय टिमले सौर्य एयरलाइन्स सञ्चालन गर्ने भएको छ।
तर स्वामित्व हस्तान्तरण प्रक्रिया पुरा गर्न भने केही समय लाग्ने सौर्य एयरलाइन्सका तत्कालीन सञ्चालक दीपक पोखरेलले बताए ।
अहिले सौर्य एयरलाइन्स कम्पनी रामप्रसाद पन्थीका छोरा बुद्धिराज पन्थीको नाममा हस्तान्तरण भएको छ ।
सौर्यसँग सीआरजे २०० सिरिजका दुईवटा जहाज छन् ।
एउटा जहाजले नियमित उडान भरिरहेको छ ।
अर्को जहाजमा प्राविधिक समस्या आएकाले उडान भरेको छैन ।
– अन्नपूर्ण
FACEBOOK COMMENTS