काठमाडौं, कात्तिक २३ – स्कुटर सिक्ने क्रममा ठोक्किएर घाइते हुनुभएका बुटवल बहुमुखी क्याम्पस रुपन्देहीका सह–प्राध्यापक डाक्टर शिवप्रसाद पौडेलको उपचारका क्रममा ज्यान गएको छ ।
घरकै कम्पाउण्डमा ठोक्किएर घाइते उहाँको क्रिमसन अस्पताल मणिग्राममा ज्यान गएको हो । तिलोत्तमा १ का स्थायी बासिन्दा ५४ वर्षका डाक्टर पौडेलले एक महिना अघि मात्रै बुटवल बहुमुखी क्याम्पसमा सहायक प्रमुखको जिम्मेवारी पाउनु भएको थियो ।
FACEBOOK COMMENTS