काठमाडौं – स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ ।
चार्टर्डले ब्रुनाइ चार्टर्डको प्रमुख कार्यकारी रहेका अनिरभन घोष दस्तिदारलाई नियुक्त गरेको हो।
जोसेफ सिल्भानुसलाई चार्टर्ड समूहले फिर्ता बोलाएपछि दस्तिदार नयाँ प्रमुख कार्यकारी भएका हुन्। उनी तत्कालिन ग्रिण्डलेज बैंकदेखि नै आएका हुन्।
ब्रुनाइअघि दस्तिदार फिलिपिन्स र श्रीलङ्काको प्रमुख कार्यकारी अधिकृत थिए। उनको बैंकिङ क्षेत्रमा २५ बर्षको अनुभव छ। उनी भारतीय नागरिक हुन्।
चार्टर्डको सञ्चालक समितिले उनलाई प्रमुख कार्यकारी र सञ्चालक चयन गरेको हो। उनको नियुक्तिलाई आजको साधारणसभाले अनुमोदन गर्नेछ।
