काठमाण्डौँ — स्थानीय तहले १०० वाटसम्मको रेडियो सञ्चालन अनुमति दिन पाउने भएको छ ।
विकेन्द्रीकरणको सिद्धान्तअनुसार संघीय संरचनाअन्तर्गत गठन भएका तहलाई सरकारले यो अधिकार दिएको हो ।
फ्रिक्वेन्सी लिनका लागि भने केन्द्रमै आउनुपर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।
१०० वाटसम्मका रेडियो स्थानीय तहले नै सञ्चालन अनुमति दिन सक्न्ने सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटाले बताए ।
त्यसका लागि बीबीसी र जापानका कम्पनीसँग छलफल भइरहेको उनले जनाए ।
— कान्तिपुर
FACEBOOK COMMENTS