काठमाडौं, पुस १ – सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकअघि दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच बालुवाटारमा वार्ता जारी छ । नेकपाको विवादले नयाँ तरंग ल्याएसँगै उनीहरुबीच वान टु वान वार्ता चलिरहेको स्रोतले जनाएको छ ।
आजै तय भएको स्थायी कमिटी बैठकअघि उनीहरुबीच भएको छलफललाई निकै महत्वका साथ हेरिएको छ । सरकारले मंगलबार संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेपछि नेकपाभित्रको विवाद झन् चुलिएको हो । पार्टीका बहुमत नेताले अध्यादेश अनुचित भएको बताउँदै फिर्ता लिनुपर्ने धारणा राखेका छन् ।
हिजै अध्यक्ष प्रचण्डसहित केही शीर्ष नेताको भेलाले अध्यादेश ल्याइएकोबारे पार्टीमा गम्भीर छलफल गर्ने निर्णय गरिसकेको छ । हाल बालुवाटारमा जारी ओली प्रचण्डबीचको छलफलमा विवाद समाधानका प्रयासका बारेमा छलफल भइरहेको बालुवाटार स्रोतले दावी गरेको छ ।
FACEBOOK COMMENTS