काठमाडौँ, कात्तिक ६ – स्पेनमा कोरोना भाइरस ९कोभिड–१९० बाट संक्रमित हुनेको संख्या १० लाख नाघेको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म मुलुकमा १० लाख पाँच हजार २९५ कोरोना संक्रमित फेला परेका छन् ।
पछिल्लो २४ घण्टामा मात्र स्पेनमा कोरोनाका १६ हजार ९७३ नयाँ संक्रमित फेला परेका हुन् । यससँगै स्पेन कोरोना संक्रमित १० लाख नाघ्ने पहिलो युरोपेली मुलुक बनेको छ । स्पेनमा गत जनवरी ३१ मा कोरोनाका पहिलो संक्रमित फेला परेका थिए ।
अहिलेसम्म विश्वभरमा अमेरिका, भारत, ब्राजिल, रुस र अर्जेन्टिनामा कोरोना संक्रमितको संख्या १० लाख नाघिसकेको छ । युरोपमा पछिल्लो केही महिनायता निरन्तर कोरोना संक्रमण बढिरहेको पाइएको छ । यससँगै केही युरोपेली मुलुकले सामाजिक गतिविधिको नियममा कडाइ गर्ने नियम अघि सारिसकेका छन् ।
अहिलेसम्म स्पेनमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि ३४ हजार ३६६ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र स्पेनमा कोरोनाबाट १५६ जनाको मृत्यु भएको हो ।
FACEBOOK COMMENTS