काठमाडौं, पुस २६ – स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेड बीच भुक्तानी र फछ्र्यौटको क्षेत्रमा सहकार्य गर्नका लागि सम्झौता सम्पन्न भएको छ । एक कार्यक्रमकाबीच स्मार्टच्वाइसका प्रमुख कार्यकारी अधिकृत दिपेश मास्के र बैंकका प्रमुख कार्यकारी अधिकृत नविन सुबेदीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
नेपाल राष्ट्र बैंकको नीति र निर्देशन अनुरुप समग्र भुक्तानी प्रणालीमा नगदको भौतिक प्रयोगलाई कम गर्दै विद्युतीय कारोबारलाई बढावा दिने प्रमुख उद्देश्यकासाथ क्रियाशील स्मार्टच्वाइस र विगत लामो समय देखि सर्वसाधारणलाई बैंकिङ्ग सेवा पु¥याउदै आएको मूलुकको बैकिङ्ग क्षेत्रमा सुपरिचित सप्तकोशी बैंकको यस सहकार्यबाट मुलुकको समग्र डिजिटल इकोसिस्टमको विकासमा थप योगदान पुग्ने जनाइएको छ ।
धनकुटामा मुख्य कार्यालय र विराटनगरमा कर्पोरेट अफिस रहेको सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेडले प्रदेश १ का विभिन्न ७ जिल्लामा आफ्ना शाखा सञ्जाल मार्फत सर्वसाधारणलाई विविध बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको छ । स्मार्टच्वाइससंगको सहकार्यबाट सप्तकोशी बैंकले आफ्ना ग्राहकलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहजता प्राप्त गर्ने छ ।
FACEBOOK COMMENTS