काठमाडौं, कार्तिक २८ – कैलालीको जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य बिमा सहायता कक्ष स्थापना गरिएको छ। बिमा बोर्डले सञ्चालनमा ल्याएको यो पहिलो सहायता कक्ष हो।
दक्षिण कोरियाली सहयोग नियोग (कोइका) को सहयोग, नेपाल सरकार स्वास्थ्य बिमा बोर्डको समन्वय र जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्रको आयोजनामा सहायता कक्षको बिहीबार उद्घाटन गरिएको हो।
कक्षको जोशीपुर गाउ“पालिकाका अध्यक्ष रामकृष्ण चौधरी, स्वास्थ्य निर्देशनालयका डाक्टर भुषण मिश्र, बिमा बोर्डका प्रदेश संयोजक जनकबहादुर साउदले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरेका थिए।
सो अवसरमा गाउ“पालिका अध्यक्ष रामकृष्ण चौधरीले सहायता कक्षले स्वास्थ्य बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने बताए। उनले भने– अहिले बिमाबारे धेरै मानिसलाई जानकारी छैन। त्यसैले अधिकांश कार्यक्रममा समावेश हुन सकेका छैनन्।
उनले सहायता कक्षमा बिमितका गुनासाहरूको पनि सम्बोधन गर्न मद्दत पुग्ने बताए।
FACEBOOK COMMENTS