काठमाडौं : कोभिड-१९ कोरोना भाइरसले एक महिलाको मृत्यु भएको छ। सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीय सुत्केरी महिलाको कोरोनाले मृत्यु भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए। नेपालमा कोरोनाले मृत्यु हुने उनी पहिलो महिला हुन्। उनको बिहीबार राति मृत्यु भएको हो।
स्वासप्रश्वासमा समस्या आएकाले उपचारको क्रममा उनको आरडिटि रिपोर्ट पोजिटिभ आएको थियो। उनको सुरुमा आरडिटि पोजिटिभ आएको थियो। अहिले पीसीआर पनि पोजिटिभ आएको हो।
FACEBOOK COMMENTS