![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौँ — सुरक्षित आप्रवासन परियोजना सामी (तेस्रो चरण) कार्यान्वयन गर्न नेपाल सरकारलाई स्वीट्जरल्याण्ड सरकारले रु दुई अर्ब अनुदान सहयोग प्रदान गर्ने भएको छ ।
अर्थमन्त्रालयमा आज आयोजित कार्यक्रममा अर्थसचिव डा राजन खनाल र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भन क्यापिलर ओस्वाल्डले सहयोगसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।
चारवर्षे सो परियोजना १६ सेप्टेम्बर २०१८ देखि कार्यान्वयन सुरु भई १५ जुलाई २०२२ सम्म रहने छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मुख्य संयोजन गरी सामी परियोजना सातवटै प्रदेश समावेश हुने गरी ३९ जिल्लाका पालिका (नगरपालिका÷गाउँपालिका) मार्फत कार्यान्वयनमा आउने छ ।
— कारोबार
FACEBOOK COMMENTS