काठमाडौं, फागुन २० – दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डाईले सबैभन्दा सानो र सस्तो एसयूभी बायोन एसयूभी लन्च गरेको छ । बायोन नाम फ्रान्सको शहरको नाममा राखिएको हो । हाललाई सो कार युरोपमा निर्यात गरिनेछ ।
हुन्डाईको सो एसयूभीमा स्पोर्टलाइन लुक दिइएको छ । जसको लागि सो एसयूभीमा वाइड ग्रिल फ्ल्यांक्ड दिइएको छ । उक्त एसयूभीको हेडलाइनमा ३ मोड डेटाइम रनिङ लाइट, लो र हाईबिम रहेको छ । यसको टेललाइटमा पनि डेटाइम रनिङ लाइट, लो र हाईविमको विकल्प रहेको छ ।
बायोन एसयूभीमा ४१८० एमएम लम्बाई, १७७५ एमएम चौडाई, १४९० एमएम उचाई र २५८० एमएम ह्वील बेस रहेको छ । यसमा १५ इन्चको स्टिल टायर र १६ वा १७ इन्च मिश्र धातु टायरको साथमा उपलब्ध रहेको छ । सो एसयूभीमा ४११ लिटरको बुट स्पेस रहेको छ ।
बायोन एसयूभीमा १०.२५ इन्चको डिजिटल क्लस्टर र १०.२५ इन्चको एबीएन उपलब्ध रहेको छ । साथै यसमा एलईडी एम्बिएन्ट लाइटिङ पनि रहेको छ । जुन फुट एरिया, डोर वेल र फ्रन्ट डोर पुल ह्यान्डल एरियाको साथमा सेन्टर कन्सोलको तल स्टोरेज एरियामा रहेको छ । साथै सो एसयूभीमा ८ इन्चको डिस्प्ले अडियो वायरलेस एपल कारप्ले र एन्ड्रोयड अटो पनि उपलब्ध रहेको छ ।
सो एसयूभी ३ रङमा उपलब्ध रहेको छ । जसमा कालो, सिल्भर र हरियो रङमा रहेको छ । सो कार सेमी अटोनोमस ड्राइभिङ फिचरको साथमा उपलब्ध रहेको छ ।
बायोन एसयूभीमा आई२० जस्तै इन्जिन समावेश गरिएको छ । जसमा १.० लिटर टी–जीडीआई इन्जिन रहेको छ । जसले ४८ भोल्ट र १२० पीएसको पावर जेनेरेट गर्छ । सो कारमा ६ स्पिड म्यानुअल ट्रान्समिशन वा ७ स्पिड ड्युअल क्लच ट्रान्समिसनको विकल्प रहेको छ ।
FACEBOOK COMMENTS