अन्जनराज न्यौपाने
तनहुँ, ३ मंसिर- ब्यास नगरपालिका-५ मानुङमा हाईस दुर्घटना हुँदा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा २८ बर्सिया सुनिता गुरुङ रहेकी छिन् । उनको घटना स्थलमै मृत्यु भएको हो । पोखराबाट पर्यटकीय स्थल मानुङकोट तर्फ जादैगरेको ग१ ख२९४२ नम्बरको हाईस उकोलोबाटोमा अचानक ब्याक भै पल्टिएको हो ।
आज विहान ५:३५ वजेको समयमा मानुङकोट अवलोकन गर्न जाने क्रममा १५ जना सवार रहेका मध्ये वर्ष-१९ कि नविना वाग्ले,बर्ष-२० कि दीक्षा पुन,बर्ष-३२ सृर्जना थापा,बर्ष३ कि सोफा पुन,बर्ष-४ को सोमन मगर,बर्ष-३ को दिप मगर,७ महिनाकि एलिजा पुन ,बर्ष २२ कि रजिना श्रेष्ठ र सोही हाईसका चालक बर्ष ३० को नवीन पुन सामान्य घाइते रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी जवान अनिल पाण्डेले जानकारी दिए।
अत्याधिक उकालो सडकको अवस्थाका कारण दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ।
FACEBOOK COMMENTS