काठमाडौं, वैशाख २९ – हिमालयन बैंक (एचबीएल) र नेपाल इन्भेष्टमेन्ट बैंक (एनआईबीएल)बीच भोलि मर्जर सम्झौता हुने भएको छ । लामो समयको प्रयासपछि बिहीबार दुई बैंकबीच हुन लागेको मर्जरबारे सम्झौता हुन लागेको हो ।
मर्जका लागि सबै विषयमा मोटामोटी सहमति भइसकेकाले भोलि औपचारिक सम्झौता गर्न लागिएको हो । कर्मचारी व्यवस्थापन, स्वाप रेसियो, सञ्चालक समिति, माथिल्लो व्यवस्थापन टीमलगायत विषय सहमति भइसकेको स्रोतको भनाइ छ ।
मर्जर यात्राले अन्तिम रुप लिएमा अब ती दुई वटा बैंक मिलेर ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक’ नामाकरण हुने छ भने बैंकको अध्यक्षमा हालका इन्भेष्टमेन्टका अध्यक्ष पृथ्वीबहादुर पाण्डे रहनेछन् ।
त्यस्तै प्रमुख कार्यकारी अधिकृत (सीइओ) हिमालयन बैंकका हालका अशोक शमशेर राणा नै रहने छन् । राणापछि पुनः इन्भेष्टमेन्टका ज्योति पाण्डेले उक्त पद सम्हाल्ने बताइएको छ ।
स्वाप रेसियो १ बराबर १ नै हुने छ ।
FACEBOOK COMMENTS