काठमाण्डौँ — अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एअरलाइन्सले विमानस्थल प्रयोगबापतको शुल्क नतिरेपछि जहाज ग्राउन्डेड गराइने भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक राजकुमार क्षत्रीका अनुसार यो हप्ताभित्र बक्यौता रकम नबुझाए अर्को हप्ताबाट जहाज ग्राउन्डेड गराइनेछ।
बक्यौता र विलम्ब शुल्क गरेर हिमालयले झण्डै २० करोड रुपैयाँ विमानस्थललाई बुझाउन बाँकी छ।
एअरलाइन्सले २०१८ जुलाइदेखि विमानस्थल प्रयोगबापतको शुल्क तिरेको छैन।
— नागरीक
FACEBOOK COMMENTS