काठमाण्डौँ — निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा हिमालय एयरलाइन्सले एउटा जहाज भाडामा दिन स्वीकृति पाएको छ।
यो वायुसेवाले ओमानको सलाम एयरलाई ६ महिनाका लागि जहाज भाडामा लगाउने स्वीकृति पाएको नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले जानकारी दिए।
उनका अनुसार यो वायुसेवाले दुईवटा जहाज भाडामा लगाउन अनुमति मागेको भए पनि हाललाई एउटाको मात्रै स्वीकृति दिइएको हो।
हिमालयको जहाज अब सलाम एयरले भाडामा प्रयोग गर्नेछ।
हिमालयले सलामलाई ६ महिनाको निम्ति वेट लिजमा जहाज भाडामा दिएको छ।

— नागरीक
