काठमाण्डौं – हिरो मोटोकर्पले आफ्नो नयाँ एक्स्ट्रिम २०० आर बाइकको आधिकारिक मूल्य सार्वजनिक गरिएको छ । यसको मूल्य ८८ हजार भारु राखिएको छ ।
हाल भारतको उत्तर पूर्वी राज्यका लागि मात्र सो मूल्य सार्वजनिक गरिएको हो । अन्य स्थानका लागि भने विस्तारै मूल्य सार्वजनिक गरिने बताइएको छ ।
यद्यपि यसको लन्च मिति भने अझै सार्वजनिक गरिएको छैन । केही दिनमै यो बाइक भारतीय बजारमा उपलब्ध हुने अनुमान गरिएको छ ।
हिरो एक्स्ट्रिम २०० आरको स्टाइल निकै नै लोभलाग्दो छ । यसमा स्कल्पटेड ट्यांकी र एजी टेल सेक्सनका कारण स्पोर्टी अपिल उपलब्ध छ । यसमा २०० सीसी, एयरकुल्ड, सिंगल सिलिन्डर इन्जिन छ । यसले १८.३ बीएचपी पावर र १७.१ एनएम टर्क प्रदान गर्छ ।
यसलाई नयाँ डाइमन्ड फ्रेममा बनाइएको छ ।
FACEBOOK COMMENTS