काठमाडौं, मंसिर २८ – संसारका धेरैजसो अटोमोवाइल कम्पनी विद्युतीय सवारी साधन बनाउन अघि सरेका छन्। कम्पनीहरुले ब्याट्री र चार्जिङ सिस्टमलाई अब्बल बनाउनको लागि धेरै अनुसन्धान पनि गरिरहेका छन्। विद्युतीय सवारी साधनको सबैभन्दा कमजोर पक्ष नै चार्जिङमा लाग्ने समय हो।
यो समस्या हल गर्न हुण्डाइ मोटर कम्पनीले इलेक्ट्रिक सवारी साधन प्ल्याटफर्म विकास गर्ने घोषणा गरेको छ। ‘ई जिएमपी’ नामक यो प्ल्याटफर्ममा बनेको गाडी यही प्लाटफर्ममा चार्ज गर्दा १८ मिनेटमा फुल चार्ज गर्ने भारतीय संचार माध्यम जि बिजले जनाएको छ।
ई–जिएमपी प्ल्याटफर्मको इन्टिग्रेट चार्जिङ कन्ट्रोल यूनिटले अन्य विद्युतीय सवारी साधन पनि चार्ज गर्न सकिने छ। हुण्डाइले यो प्ल्याटफर्ममा बनेको पहिलो गाडी २०२१ मा सार्वजनिक गर्ने बताइएको छ। कम्पनीले यो गाडीको नाम आयोनिक–५ राख्न सक्ने बताइएको छ।
हुण्डाइले आगामी ५ वर्षमा २३ वटा मोडलको विद्युतीय गाडी ल्याउँदै छ, जसमा ११ वटा पूर्ण विद्युतीय हुनेछ।
FACEBOOK COMMENTS