काठमाडौं – नेपालका लागि हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुण्डाई परिवार’ योजना ल्याएको छ ।
हुण्डाई गाडी खरिदमा विभिन्न सुविधाहरु राखेर उसले नयाँ योजना सार्वजनिक गरेको हो ।
निरन्तरको यात्रामा साथ दिँदै आएका ग्राहकहरुको जीवनमा थप खुशी ल्याउन विभिन्न सेक्टरहरुको कम्पनीसँग सम्झौता गरेको लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाएको छ ।
यो सम्झौताबाट हुण्डाई परिवारको ग्राहकहरुले विभिन्न आउटलेटहरुबाट धेरै किसिमको फाइदा लिन सक्ने बताइएको ५ ।
हुण्डाई परिवारको ग्राहकहरुले आफनो हुण्डाई परिवार प्रिभिलेज कार्डको प्रयोग गरी यी फाइदाहरुको लाभ लिन सक्नेछन् ।
FACEBOOK COMMENTS