काठमाडौं, वैशाख १२ । सन्राइज बैंकले बागमती प्रदेशको राजधानी हेटौँडाको तरकारी बजारमा क्यूआर कोड प्रणाली जडान गरेको छ । नेपाल राष्ट्र बैंकको अग्रसरतापछि वाणिज्य बैंकहरुले देशभर क्यूआर कोड भुक्तानी सेवा जडान गर्दै आएका छन् ।
यही अभियान अन्तर्गत बैंकले हेटौडाँको खोपेगल्ली तरकारी बजामा क्यूआ कोड जडान गरेको हो । बजारमा क्यूआर कोड जडान भएसँगै मोबाइलबाटै भुक्तानी गर्न मिल्ने भएको छ । बैंकले पहिलो चरणमा खोपेगल्लीका १० वटा तरकारी बजारमा कोड जडान गरेको छ ।
यसपछि हेटौँडाकै सब्जीमण्डी बजारमा पनि क्यूआर कोड राख्ने बैंकले जानकारी दिएको छ । खासगरी, पछिल्लो समय राष्ट्र बैंकले डिजिटल भुक्तानीलाई विषेश जोड दिइरहेको छ ।
केन्दीय बैंकको अग्रसरतापछि बैंकहरुले अटो रिक्सा, चिया पसल, पान पसल लगायत टेम्पोमा समेत क्यूआर कोड भुक्तानी सेवा जडान गर्दै आएका छन् ।
FACEBOOK COMMENTS