![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौ– विश्वभरिका होटल म्यानेजमेन्टसम्बन्धी शैक्षिक प्रतिष्ठानहरूको अन्तर्राष्ट्रिय संगठन इन्टरनेसनल एसोसियसन अफ होटल म्यानेजमेन्ट स्कुल्स्को ५९ औं अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ ।
होटल व्यवस्थापन एवं पर्यटनसँग सम्बन्धित शैक्षिक प्रतिष्ठानहरूको अन्तर्राष्ट्रिय सम्मेलन पहिलो पटक एसियामा हुन लागेको हो भने यसको आतिथ्यको अवसर नेपालले पाएको हो ।
सन् २०१९ को २६ देखि ३० नोभेम्बरमा इयूहोफाको ५९ औं कंग्रेस नेपालका आयोजना हुने लागेको हो ।
सन् २०१८ को ५८ औं कंग्रेस विश्वकै पहिलो होटल स्कुल स्विट्जरल्यान्डको लुजानस्थित इएचएल स्थापनाको १२५ औं वर्ष पूरा भएको अवसरमा स्विट्जरल्यान्डमा आयोजना गर्ने र सन् २०१९ को कंग्रेस नेपालमा आयोजना गर्ने निर्णयअनुसार यहाँ आयोजना हुन लागेको हो ।
यो सम्मेलनमा विश्वभरिका होटल व्यवस्थापन एवं पर्यटनसम्बन्धी शैक्षिक प्रतिष्ठानका २०० भन्दा बढी डिन तथा उच्च तहका सञ्चालकरव्यवस्थापकहरू सहभागी हुने जनाइएको छ ।
FACEBOOK COMMENTS