![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौ– नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कूटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्गले ‘सीबी हर्नेट १६० आर’ सार्वजनिक गरेको छ ।
नयाँ मोडलको हर्नेटमा स्पोर्टी बनोट र आकर्षक ग्राफिक्स रहेको कम्पनीले दावी गरेको छ ।
हर्नेटमा सिल चेन, ट्यूबलेस टायर, मोनो सक र डबल डिस्कजस्ता विशेषता रहेको कम्पनीले जनाएको छ ।
यसमा फुल एलईडी हेड ल्याम्प र हाजार्ड लाइट स्विच जस्ता विशेषता छन् ।
हर्नेटको मूल्य रु. दुई लाख ९९ हजार ९०० तोकिएको छ ।
FACEBOOK COMMENTS