काठमाडौं, कात्तिक ४ – दाङमा एक जना होम-आइसोलेसनमा बसेका ४० वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ।
लमही नगरपालिका वडा नं. ५ निवासी ती व्यक्तिको मंगलबार बिहान मृत्यु भएको लमही नगरका स्वास्थ्य संयोजक लोकराज पौडेलले बताए। असोज २६ गते स्वाब संकलन गरेपछि उनलाई असोज २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
कलेजोका बिरामी उनको काठमाडौंमा उपचारपछि लमहीस्थित घरमै आएर आइसोलेनसमा बसेको समयमा मृत्यु भएको नगरका स्वास्थ्य संयोजक पौडेलले बताए।
FACEBOOK COMMENTS