काठमाडौं, फागुन १९ – होली पर्वको अवसरमा प्रदेश नम्बर २ सरकारले दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
केन्द्र सरकारले होली पर्वमा एक दिन सार्वजनिक बिदा दिने गरेकोमा प्रदेश सरकारले एक दिन थपेर दुई दिन बिदा दिने निर्णय गरेको हो ।
प्रदेश सरकारले होली पर्वको अवसरमा फागुन २७ र २८ गते सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए ।
FACEBOOK COMMENTS