काठमाडौं, वैशाख १७ । अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसले नेपाली फेसन डिजाइनर प्रबल गुरुङले डिजाइन गरेको कोट लगाएकी छिन् । उपराष्ट्रपति ह्यारिसले नेपाली डिजाइनर गुरुङले डिजाइन गरेको कोट लगाएर अमेरिकी सांसदमा सहभागी भएकी हुन् ।
विहीबार अमेरिकी राष्ट्रपति जो बाइडेनले संयुक्त सदनलाई सम्बोधन गरेका थिए । सोही बैठकमा सहभागी हुन ह्यारिसले गुरुङले डिजाइन गरेको कोट लगाएकी हुन् । उनले गुरुङले डिजाइन गरेको क्रिम सुट र सिल्कको चार्मयुज लगाएकी थिइन् । ह्यारिसले यसअघि पनि गुरुङले डिजाइन गरेको कपडा लगाएकी थिइन् ।
ह्यारिसले आफुले डिजाइन गरेको कोट लगाएपछि गुरुङले करियर सुरु गरेदेखि यसलाई अहिलेसम्मकै सबैभन्दा खुसीको क्षण भएको बताएका छन् । गुरुङ अमेरिकामा बस्दै आएका नेपाली मुलका फेसन डिजाइनर हुन् ।
उनले गरेको डिजाइनका कपडाहरु हलिउडकर्मी र बलिउडकर्मीका साथै अमेरिकी राजनीतिज्ञमाझ पनि प्रशिद्ध छन् ।
FACEBOOK COMMENTS