काठमाडौं । बैशाख ७ गतेको क्याबिनेट बैठकको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक डीआईजी पदमा पदोन्नति भएका १० जना वरिष्ठ प्रहरी अधिकृत दर्ज्यानी चिन्ह प्रदान गरीएको छ । प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले उनीहरुलाई सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच दर्ज्यानी चिन्ह प्रदान गरेको हो ।
दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी नायव महानिरीक्षकहरुमा घनश्याम अर्याल, प्रकाशजंग कार्की, बसन्त कुमार पन्त, ईश्वरबाबु कार्की, सहकुल बहादुर थापा, धिरज प्रताप सिंह, बसन्त कुमार लामा, रबिन्द्र बहादुर धानुक, उत्तमराज सुवेदी र अरुण कुमार बिसी रहेका छन् ।
सोही अवसरमा प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले गृह मन्त्रालय, सचिवस्तरको २०७६ चैत १३ गतेको निर्णयले प्रहरी नियमावली २०७१ को नियम १२९ बमोजिम प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम राउत क्षेत्रीलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरीएको छ ।
उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तब्य व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले संगठनले अंगिकार गरेका नीतिहरु एवम् आफूले प्राप्त गर्ने जिम्मेवारीलाई व्यवसायिक निष्ठा, क्षमता, पारदर्शिता एवम् इमान्दारिताका साथ पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।
FACEBOOK COMMENTS