अन्जनराज न्यौपाने
तनहुँ, २८ फाल्गुण – १२७ थान लागू औंषध सहित एक युवक पक्राउ परेका छन्। जिल्लाको ब्यासनगरपालिका, २ दमौली स्थित अमरापुरी पुल नजिकै ब्यास(१ भादगाउँबाट सदरमुकाम दमौली तर्फ आउदै गरेको ग१५ प २७७७ नम्बरको मोटरसाइकलमा लागू औंषध सहित सवार बर्ष २६ का सन्तोष गुरुङ पक्राउ परेका हुन्। प्रहरीले गुरुङले प्रयोग गर्ने ओपो मोबाइल १ थान सेट र १५ हजार नगद रुपैयाँ सहित गुरुङको साथबाट लागूऔंषध बरामद गरेको हो । गुरुङको साथबाट ४२ थान शिशि, नुफिन, ४२ थान शिशि, फेनारागन, डाईजेपाम ४३ थान अवैध लागू औंषध सहित उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख विनोद सिलवालले बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी सहायक निरिक्षक रेशम गुरुङको कमान्डमा खटिएको ट्राफिक र प्रहरीको संयुक्त टोलीले शंकास्पद रुपले मोटरसाइकलमा बोकी ल्याएको कालो झोलामा खानतलासी गर्दा उक्त झोलामा अबैध लागूऔंषध ठुलो परिमाण सहित फेला परेको हो। गुरुङलाई लागुऔंषध नियन्त्रण ऐन २०३३ बमोजिम गुरुङलाई मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए।
FACEBOOK COMMENTS