काठमाण्डौँ — सरकारले लगानी सम्मेलनमा १२ वटा जलविद्युत् अयोजनामा लगानी गर्न आह्वान गरेको छ।
सम्मेलन आगामी चैत १५ र १६ गते हुने ऊर्जा मन्त्रालयले जनाएको छ ।
सम्मेलनमा सरकार मातहतको नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेका ६ र निजी क्षेत्रबाट निर्माण हुने त्यत्तिकै संख्याका जलविद्युत् आयोजना निर्माण गर्न विदेशी लगानीकर्तालाई प्रस्ताव गरिने छ।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सरकारले लगानी सम्मेलनमा प्रस्तुत गर्न लागेका ४० परियोजनामध्ये १२ वटा जलविद्युत् आयोजना भएको बताएका छन्।
— नागरीक
FACEBOOK COMMENTS