काठमाडौं, जेठ १६ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको पहिला दिन आज आइतबार सर्वाधिक कारोबार भएर नयाँ रेकर्ड कायम भएको छ । आज नेप्सेमा १७ अर्ब २ करोड ८४ लाख बराबरको करोबार भएको छ । यो कारोबार हालसम्मकै उच्च हो ।
आज नेप्से १२.५४ अंकले बढेर दुई हजार आठ सय २७ दशमलब ९३ विन्दुमा पुगेकोे छ भने आज कारोबार भएका समूहमध्ये ६ समूह बाहेक अन्य समूह बढेका छन् ।
नेप्सेका अनुसार आज १८ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । आज शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा ज्याति विकास बैंक, आँखु खोला जलविद्युत कम्पनी, घलेम्दी हाइड्रो लिमिटेड, गुडवील फाइनान्स कम्पनी, लुम्बिनी विकास बैंक, साइन रेसुङगा डेभलपमेन्ट बैंक, सोल्टी होटल लिमिटेड र ओरियन्टर होटल रहेका छन् ।
त्यस्तै, आज खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, दिव्यश्वर हाइड्रोपावर कम्पनी, समृद्धि फाइनान्स कम्पनी, युनियन हाइड्रोपावर, साग्रीला डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, महालक्ष्मी विकास बैंक र रिलायन्स फाइनान्सको शेयरमूल्यमा उच्च बृद्धि आएको छ ।
त्यसैगरि, आज बरुण हाइड्रोपावर कम्पनी र हिमालय उर्जा विकास कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् भने कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेशनल हाइड्रोपावर कम्पनीको भएको छ ।
FACEBOOK COMMENTS