![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं – विभिन्न ब्राण्डका गाडीको प्रवद्र्धन गर्न राजधानीको भृकुटीमण्डपमा १३औं नाडा अटो शो भदौं २६ गतेदेखि ३१ गतेसम्म आयोजना हुने भएको छ ।
नाडा अटोमोबाइल्स एशोसिएसन् अफ नेपाल र ग्लोबल एक्सपोजिसन एण्ड म्यानेमेन्ट सर्भिसेजको संयुत्त आयोजना अटो शो आयोजना हुन लागेको हो ।
अटो शोमा प्रख्यात ब्राण्डका सवारी साधन, पार्ट पुर्जा तथा अन्य एसेसरिजहरु समावेश गरिनेछन् । साथै प्रत्यक दिन गोलाप्रथाबाट भाग्यशाली बिजेताले एउटा मोवाइल प्राप्त गर्ने छन् ।
शो मा अटोमोबाइल्सका नयाँ मोडल तथा नयाँ प्रविधिहरूको एकै थलोमा प्रदर्शन हुनुका साथै नाडा डिलर, उत्पादक, विक्रेता र उपभोक्ताको जमघटको अवसरका रुपमा रहनेछ ।
मेलामा ७१ वटा कम्पनीका १३४ वटा स्टलहरू रहने छन् ।
शोमा १९ वटा ब्राण्डका चार पाङग्रे, २० वटा ब्राण्डका दुई पाङग्रे सवारी साधनहरू रहने छन् ।
FACEBOOK COMMENTS