![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौँ — १४ औं दरबारमार्ग स्ट्रिट फेस्टिभल शनिवार हुने भएको छ ।
टीभीएस मोटर्स इन्डिया र जगदम्बा मोटर्स नेपालको सहकार्य सुरु भएको तीन वर्ष पूगेको उपलक्ष्यमा फेस्टिभल हुने भएको हो ।
कार्यक्रममा इन्डियन र्यापस किङ्ग बादशाहले लाईभ पफर्मेन्स गर्दैछन ।
उक्त कार्यक्रममा नेपालका चर्चीत कलाकारहरु इन्दिरा जोशी, एडरे, एज व्याण्ड, बुगी उगीका टप थ्री तथा नेपाल आइडलका टप थ्री कलाकारहरुको प्रस्तुती रहनेछ ।
सो फेस्टीलमा खानाका स्टलहरुको साथै किड्स जोन पनि रहनेछ ।
उक्त दिनमा दर्वारमार्गका आउटलेटहरुमा डिस्काउन्टमा सपिङ्ग समेत गर्न सकिनेछ ।
यो कार्यक्रम आश्विन ६ गते १२ बजेबाट सुरु हुनेछ ।
साथै कार्यक्रमको आकर्षणको रुपमा मिरर डान्स, रक क्लाइम्वीङ्ग रहनेछ र एक जना भाग्यसाली दर्शकलाई बम्पर प्राइज स्वरुप टीभीएसको एनटर्क स्कुटर प्रदान गर्नेछ ।
FACEBOOK COMMENTS