काठमाण्डौँ — १५ करोड चालिस लाख रुपैयाँको कारोबार गर्दै १५ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला सम्पन्न भएको छ।
नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा राजधानीको प्रदर्शनी मागीस्थित भृकुटीमण्डप परिसरमामा मेला चलेको थियो ।
मेलामा विहीबार २० हजारले अवलोकन तथा ५० सवा करोडको कारोबार भएको थियो ।
शुक्रबार ५० हजारले अवलोकन तथा तीन करोड रुपियाँको कारोबार भएको थियो।
साथै शनिबार एक लाख १७ हजारले अवलोकन गरेका थिए भने छ करोड रुपियाँ बराबरको कारोबार भएको थियो ।

आइतबार दुई करोड ९० लाखको कारोबार भएको थियो भने एक लाख ३५ हजारले अवलोकन गरेका थिए।

यसैगरी सोमबार दुई करोड २५ लाखको कारोबार तथा एक लाख ५३ हजारले अवलोकन गरेका छन्।

नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम प्रसाद गिरीले मेला सोंचेभन्दा पनि सफल भएको बताए।