काठमाण्डौं– राष्ट्रिय योजना आयोगको १५ औं पञ्चवर्षिय योजनामा कृषि क्षेत्रको व्यवसायीकरण तथा औद्योगिकिकरणको रणनितिक हस्तक्षेपलाई गेम चेन्जरको रुपमा उल्लेख गरेको छ ।
दीर्घकालिन सोच सहितको पन्ध्रौ योजनाको मस्यौदमा गेम चेन्जर कार्यक्रमको रुपमा प्रधानमन्त्री कृषि आधिुनिकीकरण परियोजनालाई प्राथमिकता दिएको छ ।
त्यस्तै लाइभस्टक सेक्टर इन्नोभेसन आयोजना, उच्च मूल्य कृषि उत्पादन आयोजना, कुषि उत्पादन आयोजना, कृषि वन तथा पुष्प खेती प्रर्वद्धन आयोजना र बृहत क्षमताका भण्डारण गृह तथा शीतघर कार्यक्रम तथा आयोजनालाई मानेको छ ।
कृषि क्षेत्रको व्यवसायिकरण तथा औद्योगिकीकरणको लागि कृषि अनुसन्धान कार्यक्रम अन्तर्गत मानित विश्वविद्यालय, गुणस्तरीय बीउबिजन अनुसन्धान तथा विस्तार आयोजना , कृषियन्त्र परिक्षण तथा विस्तार आयोजना, जलवायु अनुकुलन एवम् समुत्थान प्रविधि विकास आयोजना राखेको छ ।
भू–उपयोग नीति कार्यन्यन तथा नियमन लाई पनि गेम चेन्जर कार्यक्रमको रुपमा लिएको छ ।
आर्थिक क्षेत्रको तथा कृषि क्षेत्रको विकासको विकासको लागि सिंचाई सुविधा विस्तार तथा सघनिकरणलाई रणनीतिक हस्तक्षेपको रुपमा लिइएको छ ।
बृहत सिंचाई कार्यक्रम अन्तर्गत बबई सिंचाई आयोजना, सिक्ता सिचाई आयोजना, रानी जमरा कुलरिया सिंचाई आयोजना, भेरी–बबई डाईभर्सन बहुउद्देश्यीय आयोजना, कालीगण्डकी–तिनाउ, सुनकोशी–मरिन÷कमला, लोद्दारे–सुर्खेत र तमोर–कन्काई डाईभर्सन बहुउद्देश्यीय, महाकाली सिंचाई ,बागमती र प्रगन्ना सिंचाई आयोजना, सुनसरी मोरङ सिंचाई आयोजना स्तरोन्नति रहेका छन् ।
समृद्ध तराई मधेस सिंचाई विशेष कार्यक्रम अन्तर्गत एकिकृत ऊर्जा तथा सिंचाई विशेष कार्यक्रम, सामुदाय व्यवस्थित नयाँ प्रविधिमा आधारित एवम् भुमिगत सिंचाई कार्यक्रम रहेका छन् ।
योजना आयोगले अहिले मस्यौदा माथि छलफल गरिरहेको छ । केहि समय अघि आयोगको छलफलको कार्यक्रमा विषय विज्ञहरुले आयोगले तयार पारेका कार्याक्रम तथा आयोजनाले कुनै गेम चेन्जरको भुमिक नखेल्ने बताएका छन् ।
तर योजना आयोगले आफुले नेपालको अवश्थालाई ध्यानमा राखि योजना तथा कार्यक्रम सार्वजानिक गरेको बताएको छ ।
FACEBOOK COMMENTS