काठमाण्डौँ — हिमाल आरोहणका लागि संकलन गरिने सलामी दस्तुर २१ करोड ७२ लाख पुगेको छ ।
जसमा १९ करोड २२ लाख सगरमाथा आरोहण गर्न जानेबाट संकलन भएको हो ।
यस वर्षको वसन्तकालीन सिजनका लागि खुला भएको हिमाल आरोहणका लागि बुधबारसम्म ३ सय ४८ जनाले अनुमति लिएका छन् ।
पर्यटन विभागका अनुसार, यस सिजनमा ६ हजारदेखि ८ हजार ८ सय ४८ मिटरसम्म अग्ला १५ वटा हिमालका लागि ३९ वटा आरोहण दलले अनुमति पाएका छन् ।
यी दलमा नेपालसहित ३० बढी मुलुकका ३ सय ४८ जना छन् ।
आरोहणका लागि अघिल्लो आइतबारदेखि टोलीहरु आधार शिविरतर्फ जाने क्रम शूरु भएको विभागले जनाएको छ ।
सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति लिने १ सय ६१ आरोही छन् ।
— कान्तिपुर
FACEBOOK COMMENTS