![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौँ — नेपालगन्जको राप्ती नदी किनारका करिब १ लाख सर्वसाधारणलाई बाढी र डुबानको चपेटाबाट जोगाउने उद्देश्यले २०६० सालदेखि सुरु गरिएको पक्की तटबन्ध निर्माणकार्य अझै अधुरै छ ।
निर्माण सुरु गरेको १५ वर्ष बिते पनि तटबन्ध निर्माणकार्य पूरा नहुँदा बर्सेनि डुबान र बाढीबाट ठूलो जनधनको क्षति हुँदै आएको छ ।
नेपाल सरकारले जनताको तटबन्ध कार्यालयमार्फत राप्ती नदीमा तटबन्ध निर्माणको कार्य गर्दै आए पनि ससाना खुद्रे आयोजना बाढीले भत्काउने गरेका कारण राप्ती नदी किनारका बस्ती बर्सेनि डुबानमा पर्दै आएका छन् ।
नदीमा तटबन्ध नभएकै कारण मनसुन सुरु भएपछि नदी किनारका बासिन्दाले ठूलो दुःख र कष्ट भोग्दै आएका छन् ।
हरेक वर्ष अविरल वर्षापछि राप्ती नदीमा उर्लिएर आउने बाढीले नदी किनारका खेतबारीसँगै बस्ती कटान गर्ने र बस्ती डुबाउने गरेको छ ।
— कारोबार
FACEBOOK COMMENTS