काठमाडौं, १५ जेठ -सरकारले बजेट मार्फत १ खर्बको पुर्नकर्जा कोष स्थापना गरिने र ५ प्रतिशतमा नै पुर्नकर्जाको व्याज तिर्ने व्यवस्था मिलाएको छ । सरकारले साना ऋणिलाई व्याज अनुदान दिन र बीमा शुल्कमा अनुदान दिनको लागि १३ अर्ब ९६ करोड विनियोजन गरेको छ । अर्थमन्त्रीले फेरी मर्जरलाई प्रोत्साहित गर्ने उल्लेख गरेका छन् । अर्थमन्त्रीले लघुवित्तको व्याज यथार्थपरक बनाउने पनि बताएका छन् ।
त्यस्तै आगामी आर्थिक वर्षभित्र नेशनल पेमेन्ट गेटवेयको स्थापना गर्ने, विद्युतीय माध्यमबाट भुक्तानीलाई प्रोत्साहित गरिने, पुँजी बजारमा संस्थागत लगानीकर्तालाई प्रोत्साहित गर्न स्टक डिलर सञ्चालन गरिने, नेपाल धितोपत्र बोर्ड, नेप्से र सीडिएससीको पुर्नसंरचना गरिने,पुँजी बजारलाई फराकिलो बनाउने, ऋणपत्रको दोश्रो बजारमा कारोबार गर्ने, वस्तु विनिमय बजारको सुरु गर्ने सन्दर्भ अर्थमन्त्रीले उल्लेख गरेका छन् ।
FACEBOOK COMMENTS