जाकार्ता – १ सय ८८ जना यात्रु बोकेर उडेको जहाज समुद्रमा खसेको छ । इन्डोनेसियाको राजधानी जाकार्ताबाट उडे लगत्तै जहाज दुर्घटना भएको हो ।
सम्पूर्ण यात्रुहरुको अवस्था अज्ञात छ ।यात्रुका आफन्तजनहरुमा भने रुवावासी सुरु भइसकेको छ ।
जहाजका अवशेष र तेल समुद्रको पानीमा तैरिएका फोटोहरु सार्वजनिक भएका छन् ।
लायन एयरर्सको जेटी– ६१० बिमान पाङकल पिनाङका लागि उडेको थियो । टेक अफ गरेको १३ मिनेटपछि सो जहाज एयर कन्ट्रोलको सम्पर्कबाट बाहिर गएको थियो ।
FACEBOOK COMMENTS