काठमाडौं, ४ जेठ – नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार २०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । थपिएकामध्ये प्रदेश १ मा १,२३४ जना, प्रदेश २ मा ५१५ जना, बागमती प्रदेशमा ३,९२१ जना, गण्डकी प्रदेशमा ६५० जना, लुम्बिनी प्रदेशमा १,०४२ जना, कर्णाली प्रदेशमा ४५८ र सुदूरपश्चिम प्रदेशमा ३१६ जना छन् ।
कुन जिल्लामा कति थपिए नयाँ संक्रमित ?
आज प्रदेश १ को इलाममा ३३, उदयपुरमा २५, खोखलढुंगामा ७, खोटाङमा २, झापामा २५३, ताप्लेजुङमा २२, तेह्रथुममा २६, धनकुटामा ४५, पाँचथरमा १, भोजपुरमा ४, मोरङमा ५०७, सङ्खुवासभामा १, सुनसरीमा २९८ र सोलुखुम्बुमा १० जना संक्रमित थपिएका छन् ।
प्रदेश २ को धनुषामा १४०, पर्सामा ७०, बारामा २५, महत्तोरीमा ४८, रौतहटमा ४९, सप्तरीमा १३३, सर्लाहीमा १४ र सिरहामा ३६ जना संक्रमित थपिएका छन् ।
त्यस्तै बागमती प्रदेशको काठमाडौंमा २,०४९ काभ्रेपलाञ्चोकमा ३१५, चितवनमा ३०८, दोलखामा ९०, धादिङमा १४५, नुवाकोटमा १०९, भक्तपुरमा २२१, मकवानपुरमा ५, रसुवामा १६, रामेछापमा १०९ जना, ललितपुरमा ३६५, सिन्धुपाल्चोकमा १०५ र सिन्धुलीमा ८४ जना संक्रमित थपिएका छन् ।
गण्डकी प्रदेशको कास्कीमा २२९, गोर्खामा ६०, तनहुँमा १०२, नवलपरासी पूर्वमा ५८, पर्वतमा ४३, मनाङमा ०, मुस्ताङमा १, म्याग्दीमा १२, लमजुङमा ६३, बागलुङमा २ र स्याङ्जामा ८० जना संक्रमित थपिएका छन् ।
त्यसैगरी लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३७, कपिलवस्तुमा १४, गुल्मीमा १०५, दाङमा १९१, नवलपरासी पश्चिममा ५५, पाल्पामा २०१, प्युठानमा ४, बर्दियामा ११, बाँकेमा ३४, रुकुमपूर्वमा ०, रुपन्देहीमा ३८० र रोल्पामा १० जना संक्रमित थपिएका छन् ।
यस्तै कर्णाली प्रदेशको कालिकोटमा १, जाजरकोटमा १२४, जुम्लामा १५, दैलेखमा ५९, मुगुमा १, रुकुमपश्चिममा १८, सल्यानमा ४४, सुर्खेतमा १९५ र हुम्लामा १ जना संक्रमित थपिएका छन् ।
र, सुदूरपश्चिम प्रदेशको अछाममा ५०, कञ्चनपुरमा ७४, कैलालीमा ९, डडेल्धरामा ७४, डोटीमा ९५, दार्चुलामा ०, बझाङमा ०, बाजुरामा ० र बैतडीमा ४९ जना संक्रमित थपिएका छन् ।
FACEBOOK COMMENTS