काठमाडौं, वैशाख ७ – पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ११ जना संक्रमितको मृत्यु भएको छ । यो सँगै हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १०२ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार ७३६ जना नयाँ संक्रमित थप भएका छन् । देशभर ८ हजार ५५ जनाको आरटी–पीसीआर गर्दा १ हजार ६६७ र ६८३ जनाको एन्टिजेट परीक्षण गर्दा ६९ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ८७ हजार ५६७ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५१ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण निको हुनेको संख्या २ लाख ७५ हजार ८०६ जना पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ८ हजार ६५९ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा २३ लाख ६० हजार ५५७ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले ८ हजार ६५९ जना आइसोलेसन र ९२ जना क्वारेन्टिनमा छन् ।
FACEBOOK COMMENTS