काठमाडौं, मंसिर २४ – १३औँ दक्षिण एसियाली खेलकुद ९साग०को फाइनलका लागि विक्रिमा राखिएका सबै टिकट सकिएका छन् । फाइनलका लागि सर्वसाधारणतर्फ १ हजार र भिआईपीतर्फ २ हजार रुपैयाँ टिकट मूल्य राखिएको थियो ।
फुटबलको टिकटको जिम्मा इसेवाले लिएको थियो । सोमबार दिउँसोबाट नै टिकटहरु सकिएको इसेवाले जानकारी दिएको छ । फाइनलका लागि १४ हजार टिकट बिक्रीमा राखिएको थियो । तर नेपाली समर्थकको ओइरो लागेपछि फाइनलको अघिल्लो दिन नै अनलाइनबाट टिकट बिक्री सम्पन्न भयो ।
पुरुष फुटबलको उपाधिका लागि दशरथ रंगशालामा मंगलबार दिउँसो ३ बजेपछि नेपाल र भुटानबीच प्रतिस्पर्धा हुँदैछ । यससँगै आजै सागको समापन पनि हुनेछ ।
FACEBOOK COMMENTS