काठमाण्डौँ — राष्ट्रिय योजना आयोगले २५ वर्षभित्र नेपाल उच्चआय भएको समृद्ध मुलुक हुने प्रक्षेपण गरेको छ ।
२१०० सालसम्ममा नेपालीको प्रतिव्यक्ति आय १२ हजार ५ सय अमेरिकी डलर हुने उसले दाबी गरेको छ ।
कृषि, उद्योग र सेवा क्षेत्रको योगदानबाट देशको अर्थतन्त्रको संरचनात्मक रूपान्तरण सम्भव रहेको आयोगको भनाइ छ ।
दीर्घकालीन लक्ष्यअन्तर्गत २५ वर्षीय ‘समृद्ध नेपाल सुखी नेपाली’ को मार्गचित्र आयोगले निर्माण गर्दैछ ।
जसअन्तर्गत अवको पाँच वर्षभित्र समृद्धि र सुखको सिर्जना गर्ने, त्यसपछिको १० वर्षभित्र समृद्धि र सुखको तीव्रता र बाँकी १० वर्षभित्र समृद्धि र सुखको दीगोपना स्थापित गर्ने २५ वर्षीय महत्वाकांक्षी लक्ष्य लिइएको छ ।
आयोगले तयार पारेको प्रारम्भिक मस्यौदामा अबको पाँच वर्षमा दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखिएको छ ।
— कारोबार
FACEBOOK COMMENTS