काठमाडौं, वैशाख ७ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको तेस्रो दिन आज (मंगलबार) सामान्य अंकले बढेको छ । सोमबार नेप्से ३७.५८ अंकले घटेर दुई हजार छ सय ६१ दशमलब ९४ विन्दुमा थामिएको थियो ।
आज नेप्से २.६८ अंकले बढेर दुई हजार छ सय ६४ दशमलब ६२ विन्दुमा थामिएको छ भने ५ अर्ब ५३ करोड ८६ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका एउटा समूहमध्ये चार समूह बाहेक अन्य सबै समूह बढेका छन् । त्यस्तै, आज आठ कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ ।
FACEBOOK COMMENTS