काठमाडौं । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०७७÷७८ को १० महिनासम्ममा वैदेशिक सहायता प्रतिबद्धता ३५.३ प्रतिशतले बढेको छ ।
गत आवको सोही अवधिमा १ खर्ब ४९ अर्ब २० करोड रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा आईपुग्दा ३५.३ प्रतिशतले बढेर २ खर्ब २ अर्ब २८ करोड रुपैयाँ पुगेको अर्थको भनाई छ ।
प्रतिबद्धता मध्ये अनुदान सहायता १०.९, ऋण सहायता ८९.१ प्रतिशत रहेको छ । अघिल्लो आवमा यस्तो अनुपात १४.३ प्रतिशत र ८५.७ प्रतिशत रहेको थियो ।
वैशाख मसान्तसम्ममा वैदेशिक सहायता प्रतिबद्धतामा द्धिपक्षीय र बुहपक्षीय सहायताको हिस्सा क्रमशः ४.७ र ९५.३ प्रतिशत रहेको छ । कुल वैदेशिक सहायतामा सडक क्षेत्रमा सबैभन्दा बढी २६.७, उर्जा क्षेत्रमा २२.९ र बजेटरी सहायतामा ११.७ प्रतिशत रहेको छ ।
वैशाख मसान्तसम्म १४ अर्ब ३३ करोड अनुदान र ६७ अर्ब १० करोड ऋण गरी ८१ अर्ब ४३ करोड वैदेशिक सहायता सरकारलाई प्राप्त भएको छ ।
FACEBOOK COMMENTS