![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाण्डौँ — तीन वर्षअघि विद्युत् विकास विभागबाट उत्पादन अनुमति लिएका तर कार्यप्रगति २० प्रतिशतभन्दा कम भएका आयोजनाको लाइसेन्स खारेज हुने भएको छ।
विभागका महानिर्देशक नविनराज सिंहले ३६ जलविद्युत् आयोजनाको प्रगति विवरण मागिएको र चित्तबुझ्दो जवाफ नआए लाइसेन्स खारेज गरिने बताए।
उनले आयोजनाको फोटोसहितको प्रगति विवरण मागिएको र उचित कारण सहितको विवरण पेश नगर्ने आयोजनाको लाइसेन्स समेत खारोज गर्ने बताए ।
२०७२ साउन ३० भन्दा अगाडि अनुमति लिएका तर प्रगति २० प्रतिशत भन्दा कम गरेका आयोजनालाई भदौ १२ मा पत्राचार गरेको विभागको भनाइ छ।
३–४ वर्ष हुँदा पनि आयोजना नबनाउने र लाइसेन्समात्र ओगट्ने कामलाई अन्त्य गर्न त्यस्तो कदम चालिएको महानिर्देशक सिंहले बताए ।
—नागरिक
FACEBOOK COMMENTS